// //
My Blog – My WordPress Blog
समाचार

नेपाल बैंकले कमायो साढे दुई अर्ब

Loading...

काठमाडौँ । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम नौ महिनामा रु दुई अर्ब ५६ करोड ७७ लाख खुद मुनाफा आर्जन गरेको छ । यस अवधिमा बैंकको सञ्चालन मुनाफा रु तीन अर्ब १२ करोड रहेको बैंकले जनाएको छ ।

बैंकको खुद मुनाफा गत वर्षको यस अवधिको तुलनामा २।०६ प्रतिशतले बढी छ । यस अवधिमा बैंकको निक्षेप रु ९० अर्ब ८१ करोड र कर्जा रु ७९ अर्ब ७१ करोड पुगेको छ । बैंकको कूल भाखा नाघेको कर्जा अनुपात २.९१ प्रतिशत रहेको छ ।

बैंकका प्रेस संयोजक मुकुन्द अर्यालका अनुसार बैंकले तीन महिनाभित्र मुलुकभरका विभिन्न २७ स्थानमा शाखा स्थापना गर्दैछ । आठ दशक यता अविच्छिन्नरुपमा देशको वित्तिय सेवामा संलग्न यस बैंकले हाल मुलुकका हिमाल पहाड तराईका ५४ जिल्लामा फैलिइ १३६ शाखा ११ एक्सटेन्सन काउन्टर र ७१ वटा एटिएम आउटलेटमार्फत १२ लाख ग्राहकलाई प्रत्यक्ष बैंकिग सेवा पु¥याइरहेको छ ।

Continue reading

Uncategorized

कक्षा १२ र ११ को परीक्षाको सम्पूर्ण तयारी पूरा

Loading...

भक्तपुर । देशभर वैशाख १४ गतेदेखि शुरु हुने माध्यामिक शिक्षा उत्तीर्ण परीक्षा कक्षा १२ र वैशाख ३० गतेबाट शुरु हुने कक्षा ११ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोर्डका सदस्यसचिव दुर्गा अर्यालले परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै बिहान ७ बजेदेखि १० बजेसम्म परीक्षा सञ्चालन हुने बताए।साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेट वृद्धि एवं आंशिकतर्फको परीक्षाका लागि देशभरका एक हजार ५१ परीक्षा केन्द्र निर्धारण गरिएको छ जसमध्ये सबैभन्दा बढी काठमाडौँमा ११४ र सबैभन्दा कम मनाङ र मुस्ताङमा एक÷एक वटा परीक्षा केन्द्र निर्धारण गरिएको उनले जानकारी दिए ।

देशभरका तीन हजार ९१२ विद्यालयका कक्षा १२ र ११ मा गरी कूल नौ लाख ६६ हजार २१० परीक्षार्थी परीक्षामा सहभागी हुनेछन् । जसअन्तर्गत कक्षा १२ मा दुई लाख आठ हजार २७६ छात्र र दुई लाख छ हजार ९७५ छात्रा गरी कूल चार लाख १५ हजार २५२ परीक्षार्थी एवं कक्षा ११ तर्फ दुई लाख ६३ हजार १६८ छात्र र दुई लाख ८७ हजार ७९१ छात्रा गरि कूल पाँच लाख ५० हजार ९५८ परीक्षार्थी सहभागी हुनेछन् ।सबैभन्दा बढी परीक्षार्थी काठमाडौँबाट कक्षा ११ मा ७४ हजार १२७ र कक्षा १२ मा ६१ हजार ९२६ तथा सबैभन्दा कम मनाङमा कक्षा ११ र १२ मा ८८,८८ जना परीक्षार्थी सहभागी हुनेछन् ।

परीक्षामा एक हजार ५१ केन्द्राध्यक्ष, एक हजार ८८८ सहायक केन्द्राध्यक्ष, २० हजार ८६३ निरीक्षक, एक हजार ६० परीक्षा केन्द्रमा खटिने कर्मचारी, दुई हजार १२० कार्यालय सहयोगी, १२ हजार ७२० सुरक्षाकर्मी गरी कूल ३९ हजार ७०२ जनशक्ति परिचालन गरिनेछ । कक्षा १२ को परीक्षा आगामी २७ गतेसम्म र कक्षा ११ को परीक्षा वैशाख ३० गते शुरु भई जेठ २९ गतेसम्म सञ्चालन हुनेछ ।परीक्षा नियन्त्रक डम्बर बतासले परीक्षा सम्पन्न भएको ९० दिनभित्रै नतिजा सार्वजनिक गर्ने तयारी गरेको बताउँदै परीक्षामा मोबाइल फोन लैजान निषेध गरिएको, सूचना आदानप्रदान गर्न परीक्षा कन्ट्रोल रुमको व्यवस्था गरिएको, कम श्रवणशक्ति भएका, दृष्टिविहीन वा सुस्त मनस्थिति वा अन्य प्रकृतिको अपाङ्गता भएका परीक्षार्थीका लागि परीक्षाको विशेष व्यवस्था गरिएको, कारागार वा बालसुधार गृहमा रहेका परीक्षार्थीलाई परीक्षा दिने व्यवस्था मिलाइएको जानकारी दिए ।

Continue reading

समाचार

एकल महिलालाई भूकम्प प्रतिरोधी घर हस्तान्तरण

Loading...

बनेपा । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–१२ ओझेटारका अति सिमान्तकृत दनुवार समुदायका भूकम्पपीडितहरुलाई घर हस्तान्तरण गरिएको छ । ह्याविट्याट फर ह्युम्यानिटी नेपाल, एएसएफ नेपाल र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको संयुक्त प्रयासमा निर्माण गरिएको भूकम्प प्रतिरोधी नमूना घर आज प्राधिकरणका सदस्य डा विष्णुबहादुर भण्डारीले त्यहाँका एकल महिला चमेली दनुवारलाई हस्तान्तरण गरेका हुन् ।

घर हस्तान्तरण कार्यक्रममा डा भण्डारीले स्थानीय तहलाई पुनःनिर्माणको काम हस्तान्तरण गर्ने प्रक्रियाका बारेमा छलफल भइरहेको बताए । राष्ट्रिय पुनःनिर्माण जिल्ला समन्वय इकाइ काभ्रेका प्रमुख ध्रुव गैँडाले जोखिमयुक्त वर्गलाई पहिलो प्राथमिकता दिई काम भइरहेको बताए ।

संस्थाले भूकम्पपछि पाँचखाल नगरपालिकाको वडा नं ४ पिपटलटारमा ८७ वटा भूकम्प प्रतिरोधी घर पुनःनिर्माण गरी सम्बन्धित भूकम्पपीडितलाई हस्तान्तरण गरिसकेको छ ।त्यससँगै पाँचखाल नगरभित्रका विभिन्न स्थानमा एक हजार ५० घर वटा निर्माणमा विभिन्न तहको सहयोग गर्दै आएकामा ३५० वटा घर निर्माण  सम्पन्न भइसकेको ह्याविट्याट फर ह्यूम्यानिटी नेपालका जिल्ला अधिकृत सिमराज दनुवारले बताए ।

Continue reading

खेलकुद

धोनीसामु निरिह विराट

Loading...

बैंग्लुरु । चेन्नाई सुपरकिङ्ग्सका कप्तान महेन्द्र सिंह धोनी टी–२० क्रिकेटमा कप्तानका रुपमा ५ हजार रन बनाउने पहिलो खेलाडी बन्दा रोयल च्यालेन्जर्स बैंगलोर ५ विकेटले पराजित भएको छ । विस्फोटक ब्याटिङ प्रदर्शन गर्दै धोनीले ७० रन बनाएपछि चेन्नाईले २ सय ६ रनको लक्ष्य दुई बल अगावै ५ विकेटको क्षतिमा पछ्यायो । धोनीले मात्र ३४ बलमा ७ छक्का र १ चौकाको मद्दक्तले उक्त रन बनाए । आइपीएलको कुनै पनि खेलमा धोनीले हिर्काएको यो सबैभन्दा धेरै छक्का पनि हो ।

खेलमा चेन्नाईको शुरुवात भने राम्रो हुन सकेन । नवौँ ओभरमा मात्र ७४ रन मा चेन्नाईले आफ्नो ४ विकेट गुमाएको थियो । तर, त्यसपछि कप्तान धोनी र ओपनर अम्बाती रायडुले चेन्नाईको खेल सम्हाले । शतकीय साझेदारीमा रनआउट हुन अघि रायडुले ५३ बलमा ८ छक्का र ३ चौकाको मद्दतले ८२ रन बनाए । यता, एक पटक फेरि बैंग्लोर कमजोर बलिङका कारण हार बेहोर्नुपरेको छ ।

Continue reading

समाचार

राष्ट्रिय सभागृहबाट माअाेवादी कार्यकर्ताले व्यानर हटाएको भन्दै ओलीको आक्रोश

Loading...

काठमाडौं– एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा राखिएको ब्यानेर माओवादीका कार्यकर्ताले हटाएकोप्रति असन्तुष्टि जनाएका छन् । कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा गत बैशाख ९ गते आयोजित एमाले र माओवादी पार्टी एकता संयोजन समितिको संयुक्त कार्यक्रममा मार्क्स र लेनिनको फोटो नराखी ब्यानर तयार गरिएको भन्दै वाइसियलका केहि नेताहरुको अगुवाईमा माओवादी कार्यकर्ताले हटाएका थिए । उनीहरुले ब्यानको विषयमा विवाद झिकेपछि पछि दुई ब्यानर राखेर ढिला गरी कार्यक्रम सुरु गरिएको थियो ।

सोप्रति असन्तुष्टि जनाउँदै उनले पञ्चायतविरुद्ध उफ्रनु र बनाएर राखिएको ब्यानर फालेर उत्रनु बिल्कुल फरक विषय भएको बताए । कम्युनिष्ट नेताहरु मनमोहन अधिकारी, पुष्पलाल, मदन भण्डारीलगायत सामान्तवाद र पञ्चायती व्यवस्थाविरुद्ध संघर्ष गरेर स्थापित भएको बताउँदै, उनले भने, ‘ यत्रो इतिहास बोकेका व्यक्तिहरु मनमोहन, पुष्पलाल र मदन भण्डारीको फोटो राख्दा नहटाइई भएन । यस्ता केटाकेटीहरुलाई सम्झाउनु पर्छ । बनाएर ब्यानर फालेर उफ्रनु र पञ्चायतको विरुद्ध उफ्रनु फरक कुरा हो । विस्तारै बुझ्दै जानेछन् ।’

उनले पु्ष्पलाल, मनमोहन र मदन भण्डारीलाई कसैले फाल्न खोज्छ भने कम्युनिष्ट आन्दोलन नै नरहने बताए । बिहिबार सानेपामा आयोजित पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको १९ औं स्मृति सभामा बोल्दै प्रधानमन्त्री ओलीले तत्कालिन अवस्थामै अधिकारीको इच्छा सवल र एकीकृत पार्टी निर्माण गर्ने रहेको भन्दै त्यो अहिले आएर आफूहरुले पूरा गर्ने क्रममा रहेको समेत बताए । उनले एकताअघि केहि समस्या देखिएको भएपनि समस्या हल गरेर अघि बढिने बताए ।

Continue reading

अन्तर्राष्ट्रिय

सिरियाको विषयमा छलफल गर्न मस्कोमा तीन देश जुट्दै

Loading...

एजेन्सी– रुस, टर्की र इरानका विदेशमन्त्री स्तरीय बैठक अगामी अप्रिल २८ मा रुसको मस्कोमा बस्ने भएको छ । मस्कोमा सन् २०१८ को अप्रिल २८ को दिनमा आस्तानमा प्रस्तुत गरिएको ‘प्लेटफार्म’मा नै रहि टर्की, रुस र इरानको विदेशमन्त्रीबीच सिरियाको विषयमा छलफल हुने बिहीबार टर्कीको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिका जनाइएको छ।

यसअघि पनि काजकिस्तानको राजधानी आस्तानामा रुस, टर्की र इरानको संयुक्त सहभागीतामा शृखलावद्धरुपमा सिरियाको शान्ति प्रक्रियाको विषयमा छलफल हुँदै आएको छ ।सिरियामा सन् २०११ को मार्च महिनाबाट त्यहाँका राष्ट्रपति बसार अल असादको राजिनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो । गृहयुद्धमा परिणत भएपछि यस गृहयुद्धमा अल कायदा र इस्लामिक स्टेट्सजस्ता आतङ्ककारी समूह हाबी हुँदै गए ।

सन् २०११ बाट हालसम्म यस द्वन्द्वमा परी चार लाख ३० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसेकेको छ । त्यसैगरी लाखौँ घाइते भएका छन् भने लाखौंले आफ्नो छिमेकी देशमा शरण लिन बाध्य भएका छन् । सिरियाको विषयलाई लिएर रुस, टर्की, इरान, अमेरिकालगायत देश र्कैयौँ वार्ता गरिसकेका छन् तर हालसम्म यस्ता वार्ताको खास औचित्य भने देखिएको छैन ।

Continue reading

अन्तर्राष्ट्रिय

गुजरातमा ५ हजारभन्दा बढी किसानहरुले सरकारसँग मागे इच्छामृत्यु

Loading...

गुजरात । गुजरातको भावनगर जिल्लाका ५००० भन्दा बढी किसानहरुले सरकारी विद्युत निगमले गर्न लागेको भूमि अधिकरणको विरोधमा संघर्ष गरिरहेका छन् । यी किसान परिवारले अधिकारीहरुलाई चिठ्ठी लेखेर इच्छामृत्युको माग गरेका छन् । किसान संगठनका एक नेताले यस्तो दावी गरेका हुन् । किसानहरुको अधिकारको लागि संघर्ष गर्ने एक संगठन ‘गुजरात खेदुत समाज’का सदस्य तथा स्थानीय किसान नरेन्द्र सिंह गोहिलले दावी गरे, “यो कदमबाट प्रभावित हुने १२ गाउँका किसान र तिनका परिवारका सदस्यहरु जोडेर कुल ५२५९ मानिसहरुले इच्छामृत्युको माग गरेका हौँ । हाम्रो खेतीवारी गर्ने जमिनलाई प्रदेश सरकार र गुजरात बिजुली निगम लिमिटेडले जबरजस्ती खोस्दैछन् ।”

उनीहरुले यी किसानहरु र तिनका नातेदारहरुद्वारा हस्ताक्षरित यो पत्रलाई भारतका राष्ट्रपति, प्रधानमन्त्री र गुजरातको मुख्यमन्त्रीलाई पठाएका छन् । भावनगरको जिल्लाधीश हर्षद पटेलले किसानहरुले इच्छामृत्यु माग गरेको भनिएको पत्रलाई कलेक्ट्रेटको रजिस्ट्री शाखामा हालेको बताएका छन् ।

पत्रमा किसानहरुले आफूहरुले बर्षौदेखि खेती गरिरहेको जमिनबाट राज्य सरकार र जीपीसीएलले प्रहरीको बल प्रयोग गरेर हटाउन लागेको आरोप लगाएका छन् । किसानहरुले बिजुली कम्पनीले अधिग्रहण गरेको २० वर्षभन्दा बढी समयपछि अब आएर जमिन कब्जा गर्न लागेको बताएका छन् । उनीहरुले यस्तो कार्य कानूनको विरुद्ध भएको बताए ।

Continue reading

अन्तर्राष्ट्रिय

किम जोङ उन भोलि दक्षिण कोरिया जाने

Loading...

दुई कोरियाबीच शुक्रबार शिखर वार्ता हुने भएको छ। उत्तर कोरियाली शासक किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनबीच भोलि सीमा क्षेत्रमा शिखर वार्ता तय भएको छ। सन् २००७ पछि दुई कोरियाका राष्ट्रप्रमुख पहिलो पटक भेट हुन लागेका हो। सन् १९५०-५३ को कोरिया युद्दपछि दक्षिण कोरिया जाने किम पहिलो उत्तर कोरियाली शासक हुन्।

भेटका लागि किम शुक्रबार बिहान स्थानीय समयअनुसार साढे ९ बजे सीमा क्षेत्रमा पुग्नेछन्। उनलाई दक्षिण कोरियाली सीमामा राष्ट्रपति इनले स्वागत गर्नेछन्। दुबै नेता हिँडेरै नजिकै रहेको शान्तिभवनमा जानेछन्। उनकी श्रीमती री सोल जु पनि किमसँगै बैठकमा सहभागी हुनेछन्। दुई नेताबीच साढे १० बजेदेखि सोही भवनमा वार्ता सुरू हुनेछ। दिउँसोको खाना खान किम उत्तर कोरियाली सीमामा जानेछन्। खानापछि दुई नेताले सल्लाको बिरूवा रोप्नेछन्। त्यो बिरूवामा दुबै देशका पहाडको माटो राखिनेछ।

फेरि दुई नेताबीच वार्ता हुनेछ। साँझ उनीहरूले संयुक्त वक्तव्य जारी गर्नेछन्। साँझ साढे ६ बजेपछि दुबै नेता र प्रतिनिधि मण्डल रात्रीभोजमा सहभागी हुने दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले जनाएको छ।छिटै हुने भनिएको अमेरिकी  राष्ट्रपति डोनाल्ड जे ट्रम्प र किमबीच हुने शिखर वार्ताका लागि यो भेट महत्वपूर्ण हुने बताइएको छ।

Continue reading

समाचार

कर्णाली प्रदेशमा पहिलोपटक प्रिमियर लिग हुँदै

Loading...

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पहिलो पटक ‘कर्णाली प्रिमियर लिग–१’ सञ्चालन हुने भएको छ। प्रतियोगितामा कर्णाली प्रदेशसहित देशका दशवटा क्रिकेट क्लबको सहभागिता रहने आयोजक बन्धु विकास सहकारी संस्था, सुर्खेतले जनाएको छ। सहभागी क्लबहरूमध्ये तीनवटा क्लब कर्णाली प्रदेशभित्रका रहने जनाइएको छ।

जेठ ४ गतेदेखि १२ गतेसम्म ९ दिन सञ्चालन हुने लिगको विजेता ट्रफीसहित ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। यस्तै, प्रतियोगिताका रनर–अपले १ लाख ५० हजार नगद पुरस्कारसहित ट्रफी पाउने छन्। लिगअन्तर्गतका प्रत्येक खेलहरूमा म्यान अफ दि म्याच बन्ने खेलाडीले ट्रफीसहित २ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ। यस्तै, ब्याट्स म्यानले १० हजार नगदसहित ट्रफी, उत्कृष्ट बलरले ट्रफीसहित १० हजार तथा म्यान अफ दि सिरिज बन्ने खेलाडीले ट्रफीसहित २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्।

प्रतियोगिताका सबै खेलहरू लिग आधारमा खेलाइने छ। प्रतियोगितामा सहभागी प्रत्येक समूहमा १४ जना खेलाडी रहने छन्। प्रतियोगितामा २० लाख खर्च हुने अनुमान गरिएको छ। प्रतियोगिता वीरेन्द्रनगरस्थित कालिञ्चोक क्रिकेट मैदानमा हुनेछ। प्रतियोगिता कर्णाली प्रदेशमा ऐतिहासिक र महत्वपूर्ण रहने आयोजकको अपेक्षा छ।

 

Continue reading

अन्तर्राष्ट्रिय

जब बेहुलीले वरमाला बेहुलाको सट्टा अफ्नो प्रेमीलाई लगाईन, मच्चियो हंगामा !

Loading...

त्तर प्रदेशको नगीनामा एक विवाह समारोह अचम्मलाग्दो घटना घटेको छ । विवाहमा जन्तीहरु नाच्दै-गाउदै बेहुलीको घरमा पुगे। बेहुली पक्षले जन्तीलाई स्वागत गरे। बेहुला र जन्तीहरु निकै खुसि थिए। बेहुला आफ्नो साथीसहित स्टेजमा पुगे। त्यसपछि बेहुलीलाई वरमालाको लागि स्टेजमा बोलाईयो।

बेहुली वरमाला लिएर स्टेजमा पुगिन र पहिले बेहुलालाई माला लगाउन लगाईयो। जब बेहुला माला लगाउनको लागि अगाडी बढे तब बेहुलीले आफ्नो बेहुलाको सट्टा प्रेमीलाई वरमाला लगाईन। त्यसपछि त्यहाँ हंगामा मच्चियो। साथै विवाहमा आएका जन्तीले बेहुलीको प्रेमीलाई कुटपिट गर्न सुरु गरे ।

यो घटना थाहा पाए लगतै पुलिस घटना स्थल पुगे र त्यहाँको कोलाहल शान्त भयो। पुलिसले युवकलाई हिरासतमा लिएका छन्। युवकलाई हिरासतमा राखेपछि दुलहीले विवाह गर्न अस्वीकार गर्दै भनिन, ‘मैले जसलाई वरमाला लगाए, हो उहीसंग विवाह गर्छु।”

नाच्दै स्टेजमा पुगेका ति युवकलाई बेहुला पक्षले याद गरिरहेका थिए तर खासै चासो भने गरेका थिएनन्। केहि समय दुवैपक्ष बीच चर्काचर्की भएपछि अन्तत बेहुला बिना बेहुली जन्तीसँग आफ्नो घर फर्किए। पुलिसको अनुसार युवक र बेहुली एकै कलेजमा पढ्ने गर्छन्। दुवैजना लामो समयदेखि प्रेमसम्बन्धमा रहेका थिए। युवती अरु केटासँग विवाह गर्न तयार थिइनन्। परिवारको दबाबमा उनको विवाह हुन लागेको थियो। त्यसपछि युवतीले आफ्नो प्रेमीसंग मिलेर यी सबै योजना बनाएकी थिइन् । पुलिसको अनुसार परिवारको सहमतिमा अब युवतीको विवाह उनकै प्रेमीसँग हुदैछ।

Continue reading